नेप्से सीईओको अन्तर्वार्ता सम्पन्न

०६ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि बुधबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती सम्पन्न भएको छ ।

सर्टलिस्टमा परेका पाँचै जनाले अर्थमन्त्रालय पुगेर अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेको मन्त्रालय स्रोतले जनाएको छ । चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्यालले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका हुन् ।

नेप्सेको सीईओ छनोटका लागि मन्त्रालयले फागुन ११ गते सेवन्तक पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

अब सिफारिस समितिले अन्तर्वार्ता तथा कार्यायोजना उत्कृष्टताका आधारमा तीन जनाको नाम सिफारिस गर्नेछ । सिफारिस तीन नाममध्ये मन्त्रिपरिषद बैठकले एक जनालाई सीईओ बनाउनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours