०५ चैत, नेपालगन्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ६९ वटा व्यावसायिक फर्मलाई कारबाही गरेर १० लाख ५० हजार रुपैयाँ जरिमाना गरेको छ ।
सो अवधिमा इजाजत नलिएको, म्याद गुज्रेका वस्तुको बेचबिखन गरेको, मूल्यसूची नराखेकोलगायत कसुरमा ती फर्मलाई कारबाही गरिएको कार्यालय प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए ।
कार्यालयबाट आयात र निर्यातका लागि इजाजत दिने, बजार अनुगमन गर्ने र विद्यालय उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।
लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुम र कर्णाली प्रदेशका सबै जिल्ला गरी १६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर गर्नेगरी उपभोक्ताको अधिकार हनन गर्नेलाई कारवाहीको दायरामा ल्याउन नियामक निकायलाई सुझाव दिएको छ ।
उक्त कार्यालयले आर्थिक वर्ष ०७८।०७९ मा ४३, आव ०७९।०८० मा ३५ र आव ०८०।०८१ मा १४० फर्मलाई कारबाही गरेर ३२ लाख ९५ हजार जरिमाना असुल गरेको थियो ।
+ There are no comments
Add yours