०५ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र माल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मिहाइ पोपसोइबीच भेटवार्ता भएको छ ।
नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’को क्रममा परराष्ट्रमन्त्री राणाले पोपसोइसँग भेटवार्ता गरेकी हुन् ।
भेटका क्रममा नेपाल र माल्दोभाबीचको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा डा. राणाले जलवायु परिवर्तनको असरबाट नेपाल नराम्रोसँग प्रभावित भइरहेको भन्दै विश्वव्यापी रूपमा बढ्दो यो समस्यासँग मिलेर काम गर्ने विषयमा छलफल भएको जनाएकी छन् ।
+ There are no comments
Add yours