नेपाल लाइफ इन्स्योरेन्स सञ्चालकमा ३ जना निर्वाचित

०५ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ९एनएलआईसी० मा ३ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको २५औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्थगित रहेको सर्वसाधारण सेयरधनी सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २ चैतमा वीरगञ्जको होटल भिष्वामा भएको थियो ।

जसअनुसार सञ्चालकमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन् । निर्वाचित तीनैजना सञ्चालकले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours