०५ चैत, काठमाडौँ । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता)नामक अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्दछ । यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ ।
सो खाताबाट ग्राहकहरुले आफ्नो लगानिको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन । एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाताखोली, यहाँले पनिजलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थपदिगो बनाउन हातेमेलो गर्न सक्ने छन् । एनएमबि बैंक पर्यावरण मैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध छ र सो खातामार्फत याहँले पनिआफ्नो प्रतिबद्धता जनाउन सकिने छ ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
+ There are no comments
Add yours