५१ अर्ब बराबरको साढे ३५ करोड कित्ता आइपिओ पाइपलाइनमा, कुनको कति ?

०५ चैत, काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा ५१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइिपिओ) पाइपलाइनमा छन् ।

धितोपत्र बोर्ड १ वर्षसम्म अध्यक्षविहीन बन्दा आइपिओका लागि आवेदनको ओइरो लागेको हो । धितोपत्र बोर्ड २०८० पुसमा अध्यक्षविहीन भएपछि आइपिओको अनुमति प्रक्रिया रोकिएको थियो ।

अनुमति जारी प्रक्रिया झन्डै १ वर्ष ठप्प हुँदा आइपिओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या धेरै भएको हो । अहिले नेपाल धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ ।

कुल ८२ कम्पनी ५१ अर्ब ८ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्ने तयारीमा छन् । ८२ कम्पनीले ३५ करोड ५८ लाख ६४५ कित्ता सेयर बिक्री गर्ने तयारी गरेका हुन् ।

आइपिओ पाइपलाइनमा रहेकामध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधनतर्फको १५ कम्पनीकोे २२ अर्ब ५४ करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको ९ करोड ६ लाख ५५ हजार ६८४ कित्ता सेयर छ ।

यस्तै, होटल तथा पर्यटन क्षेत्रका ७ कम्पनीले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आइपिओ जारी गर्न निवेदन दिएका छन् ।

यस्तै, ४२ जलविद्युत् आयोजनाबाट १८ अर्ब ३१ करोड ३३ लाख ८३ हजार रुपैयाँ बराबरको १७ करोड ९० लाख ६१ हजार कित्ता सेयर जारी गर्न बोर्डमा आवेदन परेको छ ।

लगानी समूहअन्तर्गत ३ कम्पनीले २ अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ७३ हजार ५०० कित्ता आइपिओ जारी गर्न आवेदन दिएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours