१० वर्षदेखि चोरीमा संलग्न व्यक्ति पक्राउ, मूर्तिदेखि चरेसका भाँडासम्म बरामद

०५ चैत, काठमाडौं । १० वर्षदेखि चोरी गर्दै आएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ घर भई ललितपुर महानगरपालिका-१३ धापाखेल कर्मनाशा बस्ने ३० वर्षीय विक्रम न्यौपाने छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार दिउँसो भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनी विगत १० वर्षदेखि चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ । लामो समयदेखि प्रहरीको खोजीमा रहे पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।

अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित शाखा कार्यालय जावलाखेलको टोली धापाखेलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

यसअघि उनीविरुद्ध दुई वटा मुद्दा चलेको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा देखिएको प्रहरीले बताएको छ । त्यसपछि पनि चोरीका घटनामा उनको नाम मुछिए पनि उनी फरार हुँदै आएका थिए ।

उनीबाट प्रहरीले चामा चरेसका विभिन्न ३४ थान भाडा बरामद गरेको छ । डिजिटल क्यामेरा ३ थान, फलामको खुकुरी, खुँडा, बन्चरो, चक्कुलगायत १३ थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न ब्राण्डका ९ थान मोबाइल, एप्पलको आइप्याड एक थान, १५ थान घडी, १८ हजार नेपाली रुपैयाँ, पुराना सिक्काहरु, एक/एक थान मोटरसाइकल र स्कुटर, विभिन्न देशका १६ थान नोट, सुन चाँदीका गरगहनाहरु र बुद्धको मूर्ति १ थान बरामद भएको छ ।

उनले हतियार देखाएर चोरीदेखि लुटपाटका श्रृखलाहरु चलाएको प्रहरीको दाबी छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours