सुनको मूल्यमा नयाँ रेकर्ड, मंगलबार कतिमा हुँदैछ कारोबार ?

०५ चैत, काठमाडौँ । मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला ११ सय रुपैयाँले बढेसँगै आज भाउ रेकर्डमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ७५ हजार २ सय कायम भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १ सय कायम भएको थियो ।

त्यसैगरी, आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ११ .९५ अमेरिकी डलर र चाँदी ३३.९ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours