०४ चैत, काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले चौथो जित निकालेको छ । देउखुरीमा भएको खेलमा लुम्बिनीले प्रदेशलाई ८३ रनले हराएको हो ।
लुम्बिनीले दिएको १५९ रनको लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा अलआउट भयो । दिपेश दासले २३ रन बनाउँदा हरिशंकर साहले १४ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीका रमेश कुर्मीले ८ ओभरमा १० रन दिएर ४ विकेट लिए । बिप्राशन केसीले ३ तथा कप्तान देव खनाल र अजय चौहानले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४६ ओभरमा अलआउट हुँदै १५८ रन बनाएको थियो । आकाश त्रिपाठीले सर्वाधिक ७३ रन बनाए । कृष्ण कार्कीले ३३ तथा कप्तान देव खनालले १६ रन बनाए ।
मधेशका लागि विशाल पटेलले ५ ओभरमा १३ रन दिएर ३ विकेट लिए । कमल गुप्ताले १० ओभरमा ४२ रन दिएर ३ विकेट लिए । हरिशंकर साह, प्रदिप पासवान र रन्जित कुमारले १-१ विकेट लिए ।
मधेश प्रदेशले हालसम्म ४ खेल खेल्दा १ जित निकालेको छ भने लुम्बिनीले ५ खेलमा चौथो जित निकालेको हो ।
+ There are no comments
Add yours