रास्वपाले बोलायो सचिवालय बैठक

०३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक पार्टी कार्यालय बनस्थलीमा बस्ने तय भएको छ ।

कार्यवाहक प्रवक्ता झाका अनुसार बैठकमा पार्टी गतिविधि र समसामयीक राजनीति, आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्तावलगायतका एजेन्डा रहेका छन् ।

यसका साथै पार्टी नियमित गतिविधिबारे छलफल गर्नुका साथै अघिल्लो बैठकहरूको समीक्षासमेत हुने झाले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours