नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति

०३ चैत, काठमाडौं । नागार्जुन नगरपालिका–७ स्युचारस्थित हसनटार र गौतम गाउँको सिमानामा पर्ने एक टहोरोमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट लत्ताकपडा लगायत घरायसी समानहरु र टहरा जल्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

शनिबार राति ९ः४० बजे कृष्णहरि श्रेष्ठको परिवार बस्दै आएको एक तले कच्ची लामो टहरामा आगलागी भएको थियो ।

आगलागीको खबर पाउनासाथ प्रहरी वृत्त कालिमाटीबाट डीएसपी रुपेश खड्काको कमाण्डमा टोली खटिएको थियो ।

प्रहरी, स्थानीय, ललितपुर र काठमाडौं महानगरका चार दमकलको सहयोगमा एक घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट काठका सामान, कपडा, भाँडाकुडाहरु जलेको प्रहरीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours