विद्युत् नियमन आयोग सदस्य भट्टराईले लिइन् शपथ

०१ चैत, काठमाडौं । विद्युत् नियमन आयोगकी सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण गरेकी छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शुक्रबार विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथग्रहण गराएका हुन् ।

२६ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई आयोग सदस्यमा नियुक्त गरेको हो ।

२०७६ देखि २०८१ वैशाखसम्म सोही आयोगको सदस्य पदमा कार्यरत भट्टराईले दोस्रो कार्यकालका लागि शपथग्रहण गरेकी हुन् ।

आयोग स्थापनाकालमा सदस्य रहेकी उनले सोही समयमा विद्युत् उपभोक्ता हक, हित र संरक्षण समितिको संयोजकका रुपमा काम गरिसकेकी छन् ।

उनी २०६९ देखि २०७३ सालसम्म खानेपानी महसुल निर्धारण आयोगको सदस्य थिइन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours