आजकाे माैसमः ६ वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

०१ चैत्र, काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको विभागले बताएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours