२८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमतिविना चोक तथा सडकबाट फोहोर उठाउने र छान्ने काम नगर्न सरोकारवालालाई सूचित गरेको छ ।
महानगरले नगरजन्य फोहोरमैला अन्तर्गत अजैविक (सुक्खा) फोहोर व्यवस्थापन गर्न विभिन्न ७ क्षेत्रमा सुक्खा फोहोर रिकभरी सुविधा सञ्चालन गर्न लागेको समेत जनाएको छ ।
सोहीकारण अनुमति नलिई चोक तथा सडकबाट व्यावसायिक रूपमा फोहोर उठाउने र छान्ने काम नगर्न समेत महानगरले सूचित गरेको हो । सूचना अटेर गरी काम गरे कारबाही र जरिबाना समेत हुने महानगरले जनाएको छ ।
हेर्नुहोस् सूचना :

+ There are no comments
Add yours