२८ फागुन, काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक युवाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई नाबालकविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता भएको छ ।
धादिङ घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय शाक्य ८ फागुनमा मृत भेटिएका थिए । सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्ति पहिचान गरी प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका व्यक्ति दुई नाबालक थिए । उनीहरूले हत्या स्वीकार समेत गरेका थिए ।
बाँसको भाटाले टाउकामा हानेर हत्या गरेको उनीहरूको बयान थियो । हत्यामा प्रयोग गरेको बाँस पनि फेला परेको थियो ।
मन्दिर अगाडि बसिरहेको अवस्थामा शाक्यले विना कारण थप्पड हानेपछि आफूहरूले पनि बाँसको भाडाले हानेको नाबालकको भनाइ थियो ।
पक्राउ परेका उनीहरूविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ ।
+ There are no comments
Add yours