२८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित मित्रनगरबाट जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
मित्रनगरस्थित रूकुम पश्चिम मुसीकोट नगरपालिका–१० घर भएका ४५ वर्षीय सञ्जयकुमार कठायतको लाइभ इन गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सञ्जय समेत ७ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रूपैयाँ र तास सहित पक्राउ गरेको हो ।
+ There are no comments
Add yours