मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२८ फागुन, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा ४०प ५३०६ नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours