जलवायु न्यायको मुद्दा विश्वसामु पुर्‍याऔं : राष्ट्रपति पौडेल

२६ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु न्यायको मुद्दा विश्व सामु पुर्‍याउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित जलवायुसँग सम्बन्धित सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन् ।

उनले भने, ‘हिमतालहरु विष्फोटनको संघारमा छन् । यसैगरी अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको छ । जलवायु परिवर्तनको कारक नभएपनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरुका लागि जलवायु न्यायको विषय पनि यो सम्मेलनमा प्रखर रुपमा उठोस् भन्ने म चाहन्छु ।’

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभए पनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरुका लागि जलवायु न्यायको विषय महत्वपूर्ण रहेको बताए । जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पुर्‍याउन जरुरी रहेको उनको भनाइ थियो ।

उनले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रुपमा रहेको पनि बताए । हिमालय पर्वत श्रृंखलामा बेला–बेलामा गइरहने भूकम्प देशको विकास निर्माणका लागि समस्याको रुपमा रहेको उनको भनाइ थियो ।

केही प्राकृतिक प्रकोपहरुको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसके पनि भूकम्प सम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आज पर्यन्त पत्ता लगाउन नसकिएको उनले उल्लेख गरे ।

उनले विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगीकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको बताए ।

उनले यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको बताए । उनले विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरुको हिउँ एक तिहाइ घटिसकेको उल्लेख गर्दै हिमतालहरु विष्फोटनको संघारमा रहेको बताए । उनले अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको बताए ।

राष्ट्रपति पौडेलले भने, ‘विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगिकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको सर्वविदितै छ । यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको छ । र विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरुको हिउँ एक तिहाइ घटिसकेको छ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours