२५ फागुन, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीलाई मातृ शोक परेको छ ।
नेपाली काङ्ग्रेसका युवा नेता, महासमिति सदस्य तथा कागेश्वरी मनोहरा नगरपालिकाका आदरणीय नगर प्रमुख उपेन्द्र कार्की ज्युको ममतामई माताको असामयिक निधन भएकाे हाे।
नगर प्रमुख कार्कीकी आमा सरीता कार्कीको ७७ बर्षको उमेरमा फागुन २४ गते दिउसो ३ बजे वडा नम्बर-७ स्थित आफ्नै निवासमा मृत्यु भएको थियाे ।
नगरप्रमुख कार्कीकी आमा बिगत लामो समयदेखि दम रोगबाट पिडित हुनुहुन्थ्यो ।
उहाँका एक छोरा उपेन्द्र कार्की र ५ छोरी हुनुहुन्छ ।
उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएकाे पारिवारिक श्रोतले जनाएको छ ।
यस दुःख को घडीमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवान पशुपतिनाथले प्रदान गरून भन्दै शोकाकुल परिवारजनमा समवेदनाको साथै मृत अमर आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण !
+ There are no comments
Add yours