परिक्षणका लागि नेपाल आइपुग्यो बिवाइडीको सिगल, मूल्य ३० लाख तल हुने

२४ फागुन, काठमाडौं। नेपालको विद्युतीय सवारी बजारमा नयाँ मोडल थपिएको छ। बिवाइडीको सिगल नेपाल भित्रिएको छ। नेपालमा बिवाइडी सवारी साधनको आधिकारिक आयातकर्ता साइमेक्स इन्कले यस मोडललाई परिक्षणका लागि भित्र्याएको हो।

यस्ता छन् विशेषताहरू

एक किफायती र व्यावहारिक सिटी कार हो। यो मोडल बिवाइडीको ईप्लेटफर्ममा आधारित छ। जसले यसलाई उन्नत प्रविधि र प्रभावकारी परफर्मेन्स प्रदान गर्छ।

  • ब्याट्री विकल्पस् ३० किलोवाट र ३८ किलोवाट(लिथियम ब्याट्रि)
  • रेन्ज डब्लुएलटीपी अनुसार क्रमशः ३०० किमी र ४०५ किमी
  • मोटर पावर ५५ किलोवाट(७४ एचपी)
  • चार्जिङ डिसी फास्ट चार्जिङ समर्थन (३० मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशत)
  • टप स्पीड १३० किलोमिटर
  • फिचरहरू १०.१ इन्च टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, एआई भ्वाइस असिस्टेन्ट, एयर ब्याग, एड्भान्स्ड ड्राइभर असिस्ट सिस्टम

नेपालमा अनुमानित मूल्य
नेपालमा यसको मूल्य ३० लाख भन्दा कम हुने बताइएको छ। जसले यसलाई नेपालको सस्तो विद्युतीय सवारीमध्ये एक बनाउन सक्छ। कम्पनीले छिट्टै यसको आधिकारिक बिक्री सुरु गर्ने तयारी गरिरहेको जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours