२३ फागुन, काठमाडौँ । देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले अन्तर्राष्ट्रिय नारी दिवस २०२५ को अवसरमा उद्यमी महिलाहरुको लागि ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा उद्यमी प्याकेज अफर सार्वजनिक गरेको छ।
यस अन्तर्गत उधमी प्याकेज ६० एम बीपी एस वार्षिक १७ हजार ९५० रुपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट ८ हजार ९७५ उधमी प्याकेज १२० एम बीपी एस वार्षिक ३४ हजार २२२ को ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट १७ हजार १११ र उधमी प्याकेज २०० एम बिपी एस वार्षिक ४६ हजार १९५ को ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट २३ हजार ९७ रहेको छ। उधमी महिला लाइ लक्षित गरि उक्त अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ।
यस अफर प्राप्त गर्नको लागि कम्पनी महिलाको नाममा दर्ता भएको हुनु पर्ने छ। उद्यमी प्याकेजमा पब्लिक आईपी, डुवल ब्याड राउटर, र अनलिमिटेड एफ यु पी पनि समाबेश छ। यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन् भने अफर मार्च १५ सम्म मान्य हुनेछ ।
+ There are no comments
Add yours