५०० रुपैयाँले घट्यो सुनको भाउ

२३ फागुन, काठमाडौँ । शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । बिहीबार ३०० रुपैयाँले बढेको सुन आज ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदी एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९ सय ०७.६६ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३२.६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours