२२ फागुन, काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुन नहुने जनाएको छ ।
काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया संस्थागत स्वार्थले प्रभावित भएको देखिएको विज्ञप्ति निकालेर उल्लेख गरेको छ ।
आकांक्षी पदाधिकारीहरूको सिभी सार्वजनिक गरेपछि सोही व्यक्तिलाई अनुकूल हुने गरी विज्ञप्ति निकालिनु स्वच्छ प्रक्रिया विपरीत भएको संघले उल्लेख गरेको छ ।
४५ दिनदेखि विश्वविद्यालय नेतृत्वविहीन रहँदा सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधि अस्तव्यस्त रहेको विज्ञप्तिमा भनिएको छ।
महत्वपूर्ण पदको नियुक्ति निष्पक्ष, पारदर्शी, र योग्य व्यक्तिको आधारमा हुनुपर्ने संघका काठमाडौं विश्वविद्यालय सभापति गणेश थापाले विज्ञप्ति निकालेर जनाएका छन् ।
काठमाडौं विश्वविद्यालयमा उपकुलपतिका २० जनाले आवेदन दिएका थिए । उपकुलपतिको नाम सिफारिस गठन गठित समितिले नाम सिफारिस गर्न सकेको छैन ।
सिफारिस समितिमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मा, पूर्व सचिव जनार्दन नेपाल र स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनका पूर्वउपकुलपति डा. अर्जुन कार्की छन् ।
+ There are no comments
Add yours