२२ फागुन, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १३.८९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल १४.६२ प्रतिशत अर्थात् ९ करोड ८१ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।
यो कम्पनीले हालै सर्वसाधारणका लागि एफपीओ समेत जारी गरेको छ । बुक क्लोजभन्दा अघि नै सो सेयर सूचीकृत भएमा लाभांश समेत प्रदान गरिने कम्पनीले जनाएको छ । बुधबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १० रुपैयाँ छ ।
+ There are no comments
Add yours