नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० जनालाई वर्ल्डलिंकले आईफोन १६ उपहार दिने

२० फागुन, काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेशन्स लि. ले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ । आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंक कम्युनिकेशन्स लिले नयाँ सेवा एवं नवीकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आईफोन १६ उपहार दिने घोषणा गरेको हो ।

१० लाख घर धुरीसम्म आफ्नो सेवा विस्तार र कम्तीमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा ग्राहकहरूको अतुलनीय योगदान रहेको वर्ल्डलिंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरूको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घर धुरीमा पुग्न सफल भएका छौ, सो अवसरमा नयाँ सेवा लिने र नवीकरण गर्ने कम्तीमा १० जना सेवा ग्राहीलाई आईफोन १६ उपहार घोषणा गर्न पाउँदा खुसी छौं, । ’

मेची देखि महाकालीसम्म हिमाल, पहाड र तराई सबै क्षेत्रमा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । मुलुकका ७४ जिल्लामा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । इन्टरनेट सेवालाई दुरदराज र ग्रामीण भेगमा थप विस्तारका लागि र आम नेपालीको पहुँचमा पुर्‍याउनका लागि पनि वर्ल्डलिंकले प्रतिबद्धता जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours