ढाला परिवर्तन गर्ने टिपरमाथि कारबाही सुरु, एकैदिन ४२ वटा नियन्त्रणमा

२० फागुन, काठमाडौं । स्वरुप तथा ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथले अभियान नै सञ्चालन गरेर टिपरमाथि कारबाही सुरु गरेको हो ।

१८ फागुनको रातिबाट कारबाही सुरु गरेको प्रहरीले एकै दिनमा ४२ वटा टिपरलाई नियन्त्रणमा लिएर कारबाही थालिएको उपत्यका ट्राफिक कार्यालयका एसएसपी विनोद घिमिरेले बताए ।

‘नियम विपरीत सञ्चालन भएका टिपरमाथि कारबाही अभियान थालेका छौं । एकै दिन ४२ टिपरलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएका छौं’, एसएसपी घिमिरेले भने ।

उनका अनुसार ढाला थपघट गरी स्वरुप परिवर्तन गरिएका २७ वटा, ओभरलोड बोकेका १० वटा र कागजपत्र नभएका ५ वटा टिपरलाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा रहेका टिपरकाहरुको ढाला हटाउने र ओभरलोड मिलान गरी कारबाही गरेर मात्रै छाड्ने प्रहरीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours