१९ फागुन, काठमाडौं। लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दान बहादुर कार्की सम्मानित भएका छन् ।
काठमाडौंमा आयोजित कोरियन एजुकेसनल कन्सल्टेन्सी एशोसिएसनको साधारण सभामा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्कीसहित विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने तीन जनालाई सम्मान गरेका हुन् ।
लुम्बिनी प्रदेशको प्रमुखको रुपमा जनअपेक्षा बमोजिम सेवा प्रदान गरेको, प्रहरीका कामकारबाहीमा पारदर्शिता र सुशासन प्रवर्द्धन गर्नुका साथै अपराध र चोरीपैठारी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको भन्दै डीआईजी कार्कीलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
सोही कार्यक्रममा समाजसेवी तथा अधिवक्ता गोविन्द पन्थी र पत्रकार जीवन शर्मा पनि सम्मानित भएका छन् ।
+ There are no comments
Add yours