मोरङमा हिमानी कोषको निःशुल्क स्वास्थ्य शिविर, ४५० जनाले लिए सेवा

१८ फागुन, काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका-७ धोबियारेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हिमानी कोष र पारस हस्पिटलको आयोजनामा शनिबार सो शिविर सम्पन्न भएको हो । समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको समेत सहकार्य रहेको सो शिविरमा ४५० जनाले सेवा लिएका थिए ।

शिविरमा मुटु, मधुमेह, थायराइड, बाल रोगको परीक्षण देखि अन्य स्वास्थ्य समस्याको पनि परामर्श तथा निःशुःल्क औषधि समेत वितरण गरिएको थियो ।

शिविरमा पारस अस्पतालका वरिष्ठ कन्सल्टेन्ट एण्ड ल्याप्रोस्कोपिक सर्जन डा. सफिअर रहमान, इन्टरनल मेडिसिन डा. सैय्य वकार अहमद, नाक, कान घाँटी डा. सन्जीब कु ठाकुर, वरिष्ठ हाड जोर्नी रोग विशेषज्ञ डा. फैयाज अन्सारी, म्याक्जिलो फेसियल सर्जन डा. मनोज शाह र बालरोग विशेषज्ञ डा. रमेश कु दास लगागत विशेषज्ञ टोलीको सहभागिता थियो ।

त्यस्तै, हिमानी कोष स्वयमसेवक परिवार मोरङले स्वयं सेवकको रुपमा शिविर सेवा दिएका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours