अब वीर अस्पतालमा दुई सिफ्ट अप्रेसन हुने

१५ फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अप्रेसन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अप्रेसन सुरु गर्ने गरी व्यवस्थापन गरिएको अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले जानकारी दिए ।

‘अहिले एक सिफ्टमा मात्रै अप्रेसन भइरहेको छ’ डा. ‍गौतमले भने, ‘एक साताभित्र दुई सिफ्ट अप्रेसन गर्ने गरी व्यवस्था मिलाएका छौँ।’

प्रयोगशालाको क्षमता समेत वृद्धि गरिने डा.गौतमले बताए। वृद्धि निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरु थपिएको बताए । ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी उपकरणहरू थपिएको उनको दावी छ ।

‘परीक्षणका लागि बाहिर गइरहेकाको विवरण अध्ययन गरी आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ’ गौतमले भने ।

डा. गौतमका अनुसार वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्‍याइएको छ। अब महिनामा पहिले भन्दा २०० जनाले बढी एमआरआई सेवा लिन उनले बताए ।

वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाइको विषयमा खेप्ने गरेको छ । सरसफाई व्यवस्थापनका लागि समेत काम भइरहेको निमित्त निर्देशक गौतमले जानकारी दिए ।

डा. गौतमले एक साताअघि वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा पाएका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours