१५ फागुन, काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको हो । साथै कम्पनीले चैत ११ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
साधारणसभाका लागि कम्पनीले फागुन २३ गते बुक क्लोजको मिति तय गरेको छ । फागुन २२ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने र साधारणसभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०५ रुपैयाँ छ ।
+ There are no comments
Add yours