१४ फागुन, काठमाडौं । सुनको मूल्य रेकर्डबाट घटेको छ । मंगलबार प्रतितोला ५०० रुपैयाँ बढेर हालसम्म कै उच्च मूल्यमा कारोबार भएको सुन बुधबार प्रतितोला ८०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुन १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन एक लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय १३.९७ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours