प्रधानमन्त्रीको विरोध गर्ने आशंकामा चार जना पक्राउ

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा सम्बोधन गर्न प्रधानमन्त्री ओली पुगेका छन् ।

सोही कार्यक्रममा विरोध गर्ने भन्दै केही युवाहरूले सामाजिक सञ्जालमार्फत सूचना लेखेका थिए ।

सो सूचना पाएपछि अहिले चार जनालाई ‘होल्ड’ मा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

‘अहिले हामीले चार जनालाई होल्डमा राखेका छौं,’ उनले भने ।

प्रहरी नियन्त्रणमा रहेनमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन् । प्रधानमन्त्री ओलीले मेडिकल कलेजमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours