१३ फागुन, काठमाडौं । शिवरात्रिलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा लागू गरेको छ । सोमबार रातिबाटै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको हो ।
शिवरात्रिमा आउने भक्तजन तथा दर्शनार्थीहरूको घुँइचो हुनसक्ने आपराधिक घटनालाई लक्षित गरेर सुरक्षा योजना बनाएर लागू गरिएको रानिपोखरीका एआईजी टेकबहादुर तामाङले बताए । उनका अनुसार एसपीको कमाण्डमा ३५ सय बढी प्रहरी परिचालन गरिने छ ।
एआईजी कार्यालय रानिपोखरीले जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराको कमाण्डमा प्रहरी परिचालन गरेको छ । बोहोराको कमाण्डमा तीन सिफ्टमा गरेर ३५ सय ११ प्रहरी परिचालन हुनेछन् ।
कमाण्डमा पोस्टमा परिसरबाट ३१ पुरुष र रानिपोखरीबाट १० महिला गरी ४१ जना प्रहरी रहेनछन् । सब कमाण्ड पोस्टमा भने १३३ जना प्रहरी रहनेछन् ।
पशुपति क्षेत्रको सुरक्षाका लागि तीन सिफ्टमा प्रहरी परिचालन हुने भएका छन् । एक सिफ्टमा १ हजार २४ प्रहरी परिचालन गरिने एसपी बोहोराले बताए । ८ घण्टा ड्युटीका दरले तीन सिफ्टमा प्रहरी परिचालन गरेर सुरक्षा दिने प्रहरीको तयारी छ ।
कमाण्ड पोस्टमा ४१, सब कमाण्ड पोस्टमा १३३, सादा पोशाक ४०, फोटो ग्राफर ६, सञ्चारका १०, रिजर्भ फोर्स १३५, स्ट्राइकिङ १३५, मोबाइल गस्ती १४ र १ हजार २४ का दरले तीन सिफ्ट मागरेर ३ हजार ७२ गरी कुल ३ हजार ५११ प्रहरी परिचालन हुनेछन् ।
यसरी खटिनेमध्ये परिसरबाट १ हजार ११४ पुरुष र महिला १५३ गरी १ हजार ३०७ जना प्रहरी खटिनेछन् । रानिपोखरीबाट १ हजार ४३२ पुरुष प्रहरी र ७७२ महिला गरी २ हजार २०४ प्रहरी परिचालन हुनेछन् । यो बाहेक ट्राफिक प्रहरी पनि छुट्टै परिचालन हुनेछ ।
४० सादा पोशाक प्रहरी परिचालन
शिवरात्रिको भिडभाड मौकामा चोरी तथा लुटपाट हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा योजना बनाएको छ । त्यसका लागि सादा पोशाकका प्रहरीको परिचालन गरिने एसपी बोहोराले बताए ।
उनका अनुसार परिसरबाट १० र रानिपोखरीबाट ३० गरी जम्मा ४० सादा पोशाकका प्रहरी परिचालन हुनेछन् । उनीहरूले सूचना संकलनदेखि अपराध हुनपूर्वको जानकारी लिन्छन् । अपराध गरेमा पक्राउ गरेर कारबाहीको प्रक्रिया समेत अघि बढाइने छ ।
फोटाग्राफर पनि परिचालन
शिवरात्रिको मौकामा लाइनमा बस्नेहरूमा धकेला धकेल हुने तथा महिलाहरूमाथि दुव्र्यवहार समेत हुनसक्ने भन्दै सुरक्षा सतर्कतासमेत अपनाइएको छ । त्यसका लागि पशुपति क्षेत्रमा सीसीटीभी जडान समेत गरिएको छ । यसका साथै प्रहरीले पनि आफ्नै फोटो ग्राफरहरू खटाएर घटनास्थलको मनिटरिङ गर्ने भएको छ ।
त्यस्ता गतिविधि हुन लागेमा भिडिओ, फोटो लिने र त्यसबाट व्यक्ति पहिचान गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।
गाँजा किनबेच रोक्ने प्रहरी रणनीति
शिवरात्रिको अवसरमा गाँजाको किनेबेच हुनसक्ने भन्दै यसलाई रोक्ने प्रहरीको तयारी छ । सोही अनुसार प्रहरी खटाइएको एआईजी तामाङ बताउँछन् । गाँजा किनबेचलाई हामीले रोकका छौं । गाँजा खाएर हो–हल्ला गर्ने र अवैध गतिवधि गर्नेहरूलाई कारबाही गर्छौं,’ एआईजी तामाङ भन्छन् ।
लाइन मिलाउने प्रहरी टोली, खाद्य सुरक्षाको प्रहरी टोली पनि खटाइएको उनले बताए । भिडभाड हुने भएकाले चोरी, लुटपाट तथा महिलामाथि दुव्र्यवहार हुनसक्ने भन्दै जनचेतनामुलुक सामाग्री पनि प्रसारण गरिएको उनले बताए ।
कोही हराएमा माइकिङ गने, आगलागी भइहालेमा नियन्त्रणका लागि भने नजिकै दमकल र फायर बल समेत राखिएको उनको भनाइ छ ।
+ There are no comments
Add yours