दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१३ फागुन, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले बिहीबार बुक क्लोज गर्दै छन् ।

बुधबार महाशिवरात्रीको सार्वजनिक बिदा परेका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले दुई इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

आइएमई लाइफ इन्स्योरेन्सले फागुन २५ गते, आइतबार, दियो महल, धुम्बाराही, काठमाडौँमा बिहान ११ बजे ८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको २१।०५२६४ प्रतिशतका दरले नगद लाभांश ९कर प्रयोजनार्थ सहित० वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले फागुन २७ गते, अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौँमा बिहान ११ बजे ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours