१२ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
सर्लाहीको लालबन्दीमा सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री सिंहले लालबन्दीमा निर्मित व्यापरिक भवनले यो क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
आफूले उत्पादन गरेका खाद्यपदार्थदेखिका सबै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने एउटा स्थानको रूपमा यो भवनलाई प्रयोग गर्न सकिने उनले बताए ।
सहरी विकास मन्त्रालयले बनाएको व्यापारिक भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । उपप्रधानमन्त्री सिंहले भवनलाई उद्देश्य अनुसार प्रयोगमा ल्याउन आग्रह गरे ।
भवन ५ करोड ४१ लाख ५२ हजार ९ सय ७५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।
+ There are no comments
Add yours