१२ फागुन, काठमाडाैं । अमेरिकी सहयोग नियोग (युएसएड)बाट सञ्चालित ४ कार्यक्रमहरु ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण जनाउदै मन्त्रालयले शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित कार्यक्रम स्थगित गरेको हो ।
नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको मन्त्रालयले जनाएको छ । अमेरिकी सहयोग नियोगबाट नेपालमा सन् १९५१ देखी निरन्तर रुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको मन्त्रालयको भनाइ छ ।
यसैबीच, अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेश बमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको अर्थमन्त्रालयले जनाएको छ ।
त्यसैगरी, जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरु डिजाइनको क्रममा रहेको कार्यक्रमहरु पनि रोकिएको मन्त्रालयले जनाएको छ । डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरुको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको मन्त्रालयले स्पष्ट पारेको छ ।
+ There are no comments
Add yours