पुलिसलाई हराउँदै आर्मी केपी ओली कप फुटबलको सेमिफाइनलमा

१२ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २-० गोलअन्तरले हराउँदै आर्मी अगाडि बढेको हो ।

आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले एक-एक गोल गरे । खेलको १९औं मिनेटमा जिलेस्पी जंग कार्कीको क्रसमा नवयुगले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ८२औं मिनेटमा नवयुग श्रेष्ठको पासमा दिनेश हेन्जनले ट्याप इन गोल गर्दै आर्मीको २-० को जित पक्का गरे । खेलको प्लेयर अफ दि म्याच नवयुग श्रेष्ठ घोषित भए ।

आहारारा पोखरा गोल्डकपमा नखेलेका नवयुगसहित भरत खवास पनि आज खेलेका थिए । आर्मीले अब फाइनल प्रवेशका लागि संकटा क्लब र एपीएफ क्लबबीचको विजेतासँग खेल्ने छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours