लाइट उपकरण बिग्रदा काठमाडौं विमानस्थलमा उडान प्रभावित

१२ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गमा जहाजको सजीकरणका राखिने लाइट बिग्रदा उडान/अवतरण प्रभावित भएको छ ।

जसले गर्दा विमानस्थल बिहान ८ बजेपछि करिब ४५ मिनेट अवरुद्ध भएको थियो । अहिले सो लाइट मर्मत गरी उडानअवतरण सूचारु गरिएको छ ।

बिहान उडानहरू रोकिएका कारण अहिले निर्धारित उडानहरू ४५ मिनेटदेखि १ घण्टासम्म डिले गरी उडिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।

‘अहिले उडान सूरु भए पनि बिहानको प्रभावले जहाजहरू डिले भएका छन्,’ उनले भने ।

You May Also Like

More From Author

+ There are no comments

Add yours