विजया एकादशीको धार्मिक महत्व!

११ फागुन, काठमाडौँ। मिति २०८१ साल फागुन १२ गते सोमबार फाल्गुन कृष्णपक्ष विजया एकादशी तिथी बिहान १० : ४८ बजेसम्म त्यसपछी द्वादशी प्रारम्भ भएकोले यो दिन बिहान प्रात:उठेर आफ्नो नित्य कर्म सकेर लक्ष्मीनारायण भगवानको पूजा अर्चना गरेर

” विजयेती चसा प्रोक्ता कर्त्रीणां जयदा सदा ,तस्याश्च्च व्रतमाहात्म्यं सर्वपापहरं परम् “//

अर्थात् विजया एकादशी यस्तो नामले जसले पुकार्दछ र व्रत गर्नेलाई सधैं जय दिने गर्दछ। त्यस व्रतको माहात्म्य सारा पापलाई हर्ने श्रेष्ठ छ।विजय प्रदान गर्ने भएकाले फाल्गुण कृष्ण पक्ष एकादशीलाई विजया एकादशी भनिन्छ। भयंकर शत्रुहरूबाट घेरिएको अवस्थामा र पराजय सामुन्ने आइपुगेको अवस्थामा विजया नामक एकादशीले हजुरलाई विजय दिलाउने क्षमता राख्दछ।यही कुरा नारदले ब्रह्माजीलाई सोध्नुभएको थियो। विजया एकादशीको व्रत कसरि बस्नुपर्दछ ?कसले यो व्रत बसेको थियो ?व्रत बस्नाले के फल प्राप्त हुन्छ ?ब्रह्माजी भन्नुहुन्छ –

“पुरातनं व्रतं ह्येतत् प्रवित्रं पापनाशनम् ”

अर्थात् यो अत्यन्त पुरानो पाप सखाप पार्ने अति पवित्र व्रत हो। जसले यसको उपासना गर्दछ उसलाई जय दिन्छ। यसमा संकाछैन। यो व्रत रामचन्द्र भगवानले सिता रावणले हरणगरेको बेलामा बकदाल्भ्य ऋषिको आज्ञाले समुन्द्र तर्ने उपाय र विजया एकादशीको व्रत बिधि थाहापाउनु भएर दशमीको दिन सुनको अथवा चाँदीको वा तामाको त्यो पनि नपाए माटोको एउटा घडा सप्तधान्य माथिराखी घडामा जलले भरेर पञ्चपल्लव ,दुवो ,बस्त्रले सिंगारेर कलशमाथि पुर्णपात्रो सहित लक्ष्मीनारायणको सुनको प्रतिमा राखेर पूजा अर्चना गर्नुपर्दछ।

त्यसपछि एकादशीकोदिन प्रात :स्नानगरि त्यो घडामाथि रहेको लक्ष्मीनारायण भगवानको पूजा अर्चना ,तुलशीपत्र, अनार,नरिवेलले गरि धुप ,बत्तिबाली धेरै थरिका नैवेद्द चढाई रातभर जाग्राम बसेर भोलिपल्ट सूर्य उदय भएपछी त्यो घडालाई जलाशयमा राखेर पूजा अर्चना गरि त्यो सवै वेद पढेका ब्राह्मणलाई दान दिनु भयो अनि भगवान रामचन्द्रले गुमेको सवै प्राप्त गरि बिजय हाशिल गर्नुभयो। त्यसैले सवैले यो व्रत बस्नुपर्दछ। यो कथा पढ्नाले र सुन्नाले वाजपेय यज्ञ गरेको फल प्राप्त हुन्छ।
पं- बालमुकुन्द देवकोटा
सदस्य ,सनातन विद्वत्
परिषद् नेपाल

You May Also Like

More From Author

+ There are no comments

Add yours