कुमारी क्यापिटलले सञ्चालनमा ल्यायो मोबाइल एप, सेयर भर्नेदेखि सबै सेवा एकै ठाउँमा

११ फागुन, काठमाडाैं । कुमारी क्यापिटल लिमिटेडले मोबाइल एप सञ्चालनमा ल्याएको छ । कुमारी क्यापिटल नामक एप सार्वजनिक गरेको क्यापिटलले व्यवस्थित लगानी योजना (एसआइपि) का साथै अन्य सेवाहरु सहज रुपमा उपलब्ध हुने जनाएको छ । लगानीकर्ताहरूले आफ्नो मोबाइलबाटै सरल, छिटो र सुरक्षित तरिकाले लगानी सेवा तथा जानकारीहरु प्राप्त गर्न सक्ने क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मोबाइल एपबाट एसआइपि व्यवस्थापन, लगानी योजना निर्माण र अनुगमन केही क्लिकमै सम्भव हुने जनाएको क्यापिटलले नयाँ र अनुभवी दुवै प्रकारका लगानीकर्ताहरूलाई सहज एवं व्यवस्थित रूपमा लगानी गर्न एपले सघाउने विश्वास लिएको छ । एसआइपिमा लगानी सुरु गर्न तथा ट्र्याक र व्यवस्थापन गर्न सकिने एपबाट डिम्याट खाताको व्यवस्थापन, आईपिओ, एफपिओ, हकप्रद लगायतका सेयरमा आवेदन पनि सकिने विज्ञप्तिमा उल्लेख छ ।

कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले भने, “हामी चाहन्छौँ कि प्रत्येक लगानीकर्ताले सहज रूपमा यस क्यापिटलबाट प्रदान गरिने सेवाहरु स्वदेश तथा बिदेशमा रहनु हुने हरेक नेपालीको हात हातमा पुगोस । हामीले मोबाइल एप मार्फत धेरै सेवा समेटेर सरलीकृत गरेका छौं । यसले लगानीकर्ताहरूको यात्रा झन् सहज र व्यवस्थित हुनेछ ।”

कुमारी क्यापिटल मोबाइल एप गूगल प्ले तथा एप्पलको एप स्टोरमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours