११ फागुन, काठमाडौं । ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित सिभिल होम्स कोलोनीमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
उक्त कोलोनीमा रहेको सुमन ध्वज जोशीको साढे २ तलाको घरमा आगलागी भएको थियो । प्रहरीका अनुसार उक्त घरको माथिल्लो तलाको पूजाकोठामा बलिरहेको अगरबत्तीबाट आगो सल्किएको थियो ।
बिहान साढे ८ बजे लागेको आगो प्रहरी र दमकलसहितको टोलीले लगभग साढे ९ बजेको समयमा नियन्त्रणमा लिएको हो ।
ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरी, प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लसहितको कमाण्डमा २४ जनाको टोली खटिएको थियो ।
अहिले आगो सम्पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । क्षतिबारे पूर्ण विवरण आउन बाँकी छ ।
+ There are no comments
Add yours