प्रशासकीय अदालतको आदेश अनुसार राष्ट्र बैंकले पुनः कारबाही सुरु गरेपछि आचार्यको राजीनामा

०९ फागुन, काठमाडाैं । राष्ट्र बैंकका उच्च अधिकारी माथि दुर्व्यववहार गरेका निर्देशक थानेश्वर आचार्यले राजिनामा दिएका छन् । केन्द्रीय बैंकले प्रशासकीय अदालतको फैसला अनुसार हाजिर गराइ पुन कारबाही प्रक्रिया सुरु गरेलगत्तै आचार्यले राजीनामा दिएका हुन ।

राष्ट्र बैंक गभर्नरको कार्यालयले आचार्यलाई गत माघ १३ गते हाजिर गराएको थियो । आचार्यलाई हाजिर गराएपछि अदालतको आदेश अनुसार गभर्नर कार्यलयले कारबाही प्रक्रिया सुरु गर्दै सेवा बाट किन नहटाउने भन्दै स्पष्टिकरण सोध्यो । स्पष्टिकरण साधे पछि आचार्यले राजनीमा दिए । गभर्नरले भने आचार्यको स्पष्टिकरण आएपछि मात्र राजिनामा स्वीकृत गर्ने योजना बनाएको छ । यसै साता आचार्यले स्पष्टिकरण बुझाएसँगै उनको राजिनामा पनि स्वीकृत भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

आचार्यलाई केन्द्रीय बैंक व्यवस्थापनले २०८० चैत ६ गते देखि सेवा बाट हटाएको थियो । उच्च महिला अधिकारीलाई दुर्व्यवहार गरेपछि सेवाबाट नै निष्कासित भएका आचार्य प्रशासकीय अदालत गएका थिए । प्रशासकीय अदालतले केन्द्रीय बैंकले प्रक्रिया पुरा नगरी बर्खास्त गरेको भन्दै हाजिर गराएर पुन प्रक्रिया पुर्याई कारबाही गर्न आदेश दिएको थियो ।

केन्द्रीय बैंकले अदालतको आदेश अनुसार पुनः कारबाहीका लागि माघमा १३ गते सेवामा फर्काएको थियो । यसपटक भने गभर्नरको कार्यालयबाटै कारबाही सुरु भएपछि उनले राजिनामा दिएका हुन ।

आचार्यले २०८० पुस २७ गते केन्द्रीय बैंकका उच्च अधिकारीको स्ट्रेस म्यानेजमेन्ट कार्यक्रममा उच्च महिला अधिकारीमाथि दुर्व्यवहार गरेका थिए । यो घट्ना भन्दा अघि पनि आचार्य पटक पटक अनुशासनहीन कार्य गरी कारबाहीमा पर्दै आएका थिए । उक्त दुर्व्यवहारको विषयलाई पनि केन्द्रीय बैंकका उच्च अधिकारीले लुकाउन खोजेका थिए ।

तर, पीडितले आचार्यलाई कारबाहीको माग मात्र नभई संरक्षण गर्ने उच्च अधिकारीहरूलाई पनि कारबाही हुनुपर्ने भन्दै केन्द्रीय बैंक मानव संशाधन विभाग, गभर्नर तथा सञ्चालक समितिमा समेत लिखित उजुरी दिएपछि आचार्यलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको थियो । आचार्यलाई केन्द्रीय बैंकको मानव संशाधन विभागले केन्द्रीय बैंकको कर्मचारी विनियमावली २०६८ अनुसार मानव संशाधन विभागको जाँचबुझ समितिले आवश्यक अध्ययन तथा प्रमाण संकलन गरेर पुष्टि भएसँगै गभर्नर स्तरीय निर्णयबाट कारबाही गरेको थियो । उनलाई सेवा बाटै बरखास्त गरेपनि उनलाई उक्साउने अन्य अधिकारीहरू माथि भने कुनै कारबाही भएको छैन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours