महाशिवरात्रिमा चन्द्रागिरि हिल्सले केबलकार टिकटमा ५० प्रतिशत छुट दिने

०९ फागुन, काठमाडौं । काठमाडौंको थानकोटमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले महाशिवरात्रिको अवसरमा आयोजना हुने महाआरतीलाई लक्षित गर्दै केबलकार टिकटमा ५० प्रतिशत छुट दिने भएको छ ।

चन्द्रागिरि हिल्सका अनुसार महाआरतीका दिन साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा उक्त छुट प्राप्त हुनेछ ।

यो वर्षको महाशिवरात्रि १४ फागुनमा परेको छ ।

हिल्सका अनुसार महाशिवरात्रिको पूरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ भने साँझ ५ बजेपछि विशेष महाआरती हुनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours