०९ फागुन, काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा कमी आएको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा १ हजार रुपैयाँ र चाँदीमा ५ रुपैयाँले कमी आएको छ ।
बिहीबार एक लाख ७१ हजार रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, बिहीबार एक हजार ९९५ रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९० रुपैयाँ कायम भएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ९०९.५८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.३७ डलरमा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours