म्यानमारको लगातार दोस्रो जित, किर्गिस्तान ५-० ले पराजित

०८ फागुन, काठमाडौं । म्यानमारले इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

दशरथ रंगशालमा भएको खेलमा म्यानमारले दोस्रो रोजाइको टिम मैदान उतारे पनि सुरुवातदेखि नै दबाब बनाउँदै पहिलो हाफमै चार गोल गरेको थियो ।

म्यानमारका लागि युन वादी एलाइङ र मे हेट लुले दुई-दुई तथा सादार लिनले एक गोल गरे ।

म्यानले पहिलो खेलमा लेबनानलाई ३-१ ले पराजित गरेको थियो । लगातार दोस्रो जितपछि २ खेलबाट ६ अंक जोडेर म्यानमार शीर्ष स्थानमा छ र फाइनल नजिक पुगेको छ ।

युन वादीले खेलको दोस्रो मिनेटमै गोल गर्दै म्यानमारलाई अग्रत दिलाएकी थिइन् । सानदार लिनले ३०औं मिनेटमा गोल गर्दै म्यानमारको अग्रता दोब्बर पारिन् । मे हेट लुले ३५औं र युन वादीले ४१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारले पहिलो हाफमै चार गोलको अग्रता बनाएको थियो । मे हेट लुले ४९औं मिनेटमा एक गोल थपिन् ।

च्याम्पियनसिपमा आजै घरेलु टोली नेपालले लेबनानसँग खेल्नेछ । खेल साँझ ६ बजे सुरु हुनेछ । यदी नेपालले लेबनालाई हराएरमा म्यानमार र नेपालले अन्तिम खेलमा खेल्नुअघि नै फाइनलमा स्थान पक्का गर्नेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours