०८ फागुन, विराटनगर । पूर्वसांसद हर्कमान तामाङको जीवनीमा आधारित पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ विमोचन भएको छ । ८४ वर्षीय तामाङ अहिले सामान्य जीवन बिताइरहेका छन् । तामाङको जीवनीका विषयमा पत्रकार तथा साहित्यकार केशु विरहीले लेखेको पुस्तक विमोचन भएको हो ।
पुस्तकमा तामाङको राजनीतिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक विषय समेटिएको छ । तामाङको जीवनीलाई आधार बनाएर उक्त पुस्तक तयार गरिएको विरहीले बताए ।
दोस्रो जनआन्दतोलन ताका चर्चित नेता तामाङ २०४८, २०५१ र २०५६ सालमा मोरङको निर्वाचन क्षेत्र नम्बर ३ (साविकको क्षेत्र नम्बर ४) बाट सांसद निर्वाचित भएका थिए ।
तामाङका बारेका तयार पारेको पुस्तकको बिक्रीबाट प्राप्त भएको रकममध्ये ५० प्रतिशत रकमले बेलबारीमा अक्षयकोष निर्माण गर्ने र यसबाट प्राप्त ब्याजबापतको रकमले अनुसन्धानका क्षेत्रमा काम गर्ने व्यक्तिलाई पुरस्कृत गरिने विरहीले बताए ।
+ There are no comments
Add yours