०८ फागुन, काठमाडौं । वीरगञ्जको शंकराचार्य गेटबाट लागूऔषध चरेश र गाँजा जस्तो देखिने वस्तु सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी बस्ने २८ वर्षीय राज अधिकारी रहेका छन् ।
पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटमा बुधबार चेक गर्ने क्रममा उनले बोकेको ब्यागमा ६ केजी ३ सय ग्रामको गाँजा र २ केजी १०० ग्रामको चरेश जस्तो देखिने वस्तु बरामद भएको हो ।
पक्राउ परेका अधिकारीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
+ There are no comments
Add yours