दिल्लीकी मुख्यमन्त्रीलाई मोदीको शुभकामना- जोशका साथ काम गर्नेमा विश्वस्त छु

०८ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नयाँदिल्लीकी नवनिर्वाचित मुख्यमन्त्री रेखा गुप्तालाई बधाई तथा शुभकामना दिएका छन् ।

दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी भएका मोदीले गुप्तालाई बधाई दिँदै भनेका छन्, ‘मलाई विश्वास छ, उहाँले दिल्लीको विकासका लागि जोशका साथ काम गर्नुहुनेछ ।’

प्रधानमन्त्री मोदीले उनलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन् । उनले भाजपा नेतृ गुप्ता तल्लो तहबाट उठ्दै मुख्यमन्त्रीसम्म बनेको उल्लेख गरेका छन् ।

गुप्तालाई बुधबार मात्रै पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री बनाउने निर्णय लिएको थियो । सोही अनुसार बिहीबार मुख्यमन्त्री नियुक्त भएकी उनले लगत्तै उपराज्यपाल विनयकुमार सक्सेनासँग पद तथा गोपनियताको शपथ लिएकी हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours