संविधान सभा सदस्य सापकोटालाई आलोकनगरमा अन्तिम श्रद्धाञ्जली

०८ फागुन, काठमाडौं । संविधान सभाका पूर्वसदस्य एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको आलोकनगरमा अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

आज बिहान निधन भएका सापकोटाको पार्थिव शरी एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको हो ।

अध्यक्षमा माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले पार्टीको झण्डा ओढाएर सम्मान गरे ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खानाल, महासचिव घनश्याम भूसाललगायत अन्य दलका नेता-कार्यकर्ताहरुले पनि श्रद्धाञ्जली दिएका छन् ।

सापकोटाको आजै पशुपतिमा अन्त्येष्टि गरिनेछ ।

अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना भएका सापकोटालाई बिहीबार बिहान ३ : ५० बजे चिकित्सकले मृत्य घोषणा गरेका थिए ।

सापकोटा लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिवको जिम्मेवारीमा थिए । माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेपछि नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्जको भूमिकामा थिए ।

सापकोटा २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्रनम्बर ४ बाट विजयी भएका थिए ।

सापकोटाको निधन भएपछि आज बस्ने भनिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पनि स्थगित भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours