आजदेखि काठमाडौंका यी ७ सडक ‘वान–वे’

०८ फागुन, काठमाडौँ । बुधबारदेखि काठमाडौंका ७ ठाउँका सडकलाई एकतर्फी (वान–वे) बनाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै काठमाडौंका ७ स्थानका सडकलाई एकतर्फी बनाएको हो ।

यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी ,सुरक्षित र सहज बनाउन काठमाडौं महानगरपालिका–५ हाँडीगाउँ अन्तर्गतका सडकलाई वान–वे बनाइएको हो ।

वान–वे बनेका सडकहरु

१. का.म.न.पा.वडा–५ अन्तर्गत थटु मार्गबाट वडा–५ को कार्यालय–भीमसेन मार्ग–हात्ती महाँकाल मार्ग –हाँडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।

२.विशालनगर तर्फबाट आउने सवारी साधनहरुलाई भिमसेन मार्ग हुँदै वडा–५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ति महाँकालतर्फ मात्र जान पाउने ।

३.हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी उक्त सवारी साधनहरु थटु मार्गतर्फबाट पठाउने ।

४. नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरु वडा–५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भिमसेन मार्गतर्फ मात्र जान पाउने ।

५. ढुङ्गेधाराबाट हात्ती महाँकालतर्फ प्रवेश निषेध गर्ने ।

६. वडा–५ को कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध गर्ने ।

७. बालमन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट जान मात्र पाउने र टंगालबाट प्रवेश निषेध गर्ने ।

You May Also Like

More From Author

+ There are no comments

Add yours